Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य


लन्डन, पुस ६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ ।


सिंगो आईएसलाई आतंकित तुल्याउने युवतीको नाम जोआना पलानी हो । आईएसले उनको टाउकाको मूल्य नै तोकेको छ । जोआनाको हत्या गर्नेलाई १० लाख डलर दिने घोषणा आईएसले गरेको छ ।

कुर्दिश मूलकी २३ वर्षीया जोआना डेनमार्ककी नागरिक हुन् । हाल उनी कोपेनहेगनस्थित जेलमा छिन् ।

सन् २०१४ मा विश्वविद्यालयको पढाइ छोडेर उनी सिरिया र इराकमा आईएसविरुद्ध युद्धमा होमिइन् । कुर्दिश रिभोल्युशनसँग मिलेर उनी आईएसविरुद्ध युद्धमा सहभागी भइन् । उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।

डेनमार्कको कानुनअनुसार त्यहाँका नागरिकले अन्य मुलुकका लागि युद्ध गर्न पाउँदैनन् । उनीमाथि आईएसलाई डेनमार्कको मध्यपूर्वमा स्थापित गरेको आरोप पनि लागेको छ ।
उनलाई आईएसले लगातार धम्की दिइरहेको छ ।

पलानीले फेसबुकमा लेखेकी छन्, ‘म डेनमार्क र अन्य मुलुकका लागि कसरी खतरा भएँ ? मैले डेनमार्क मै सैन्य तालिम लिएँ, म आईएसविरुद्ध लडेकी थिएँ ।’

आईएसले टाउकाको मूल्य तोकेकोमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् तर आफ्नै मुलुकमा झेल्नु परेको कानुनी कारवाहीबाट भने उनी दुःखी भएकी छन् । (एजेन्सी)

No comments:

Post a Comment

adsoptimal

Blog Archive