Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

कालो पोशाकमा सजिएका यी महिला सामान्य होइनन्, यस्तो छ यिनको विशेषता


युएई, पुस ६ । तस्वीरमा कालो पोशाक लगाएका यी महिला मुस्लिम समुदायका हुन् भनेर बुझ्न कठिन छैन तर यी महिला अन्य मुस्लिम महिलासरह सामान्य भने होइनन् ।




पुरुषलाई पनि चुनौति दिन सक्ने क्षमता भएका यी महिला संयुक्त अरब इमिरेट्स (युएई) को फिमेल प्रोटेक्शन स्क्वाडका सदस्य हुन् ।


तस्वीरमा देखिएका यी पाँच महिलाको उमेर २९ र ३० को बीचमा छ । यिनले डचेज अफ कार्नवेल क्यामिला पार्करलाई सुरक्षा दिइरहेको यो तस्वीर पछिल्लो समय निकै चर्चामा छ ।

क्यामिला युएई भ्रमणमा रहँदा उनको सुरक्षाको जिम्मेवारी यी पाँच महिलालाई दिइएको थियो । शाही परिवारको सुरक्षाको जिम्मेवारी महिलालाई मात्र सुम्पिएको यो पहिलो घटना थियो ।

युएईको एलीट प्राइभेट प्रेसिडेन्शियल गार्डका हिस्सा रहेका यी पाँच महिला कुल ५० जनाबाट चयन गरिएको हो । उक्त टिमको नेतृत्व लेफ्टिनेन्ट शैमा अल काबीले गरेकी थिइन् ।





फ्ल्याट शुजका साथ बुर्का लगाएका यी महिलाले आफ्नो शरीर कपडाले ढाकेका हुन्छन् । उनीहरुले हतियार पनि बुर्काभित्र फेशनेबल तरिकाले राखेका हुन्छन् ।

जस्तोसूकै हमला रोक्नका लागि यिनीहरु तयारी अवस्थामा रहन्छन् । उनीहरुले विशेष प्रकारको तालिम लिएका हुन्छन् । मार्शल आर्टका अतिरिक्त यिनीहरुलाई क्लोज क्वार्टर फाइटिङ्गको कला पनि सिकाइएको हुन्छ ।

टिम लिडर शैमाका अतिरिक्त अन्य दुई सदस्य नसरीन र हनानले यसै वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणसमेत गरेका थिए । (एजेन्सी)

No comments:

Post a Comment

adsoptimal

Blog Archive