काठमाडौं, पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि विहीबार सर्वोच्च अदालतमै हातपात भएको छ ।
आफूविरुद्धको मुद्दामा बयान दिनका लागि पेसी कक्षतर्फ जाँदै गरेका कार्कीलाई पछाडिबाट दुईजनाले कालोमोसो दलेका थिए ।
मोसो दलेपछि उनीहरुले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।
नारा लगाउँदै बाहिरिन खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वोच्चमा विहीबार कार्कीको योग्यतासम्बन्धी मुद्दामा बहस भएको छ । रिट निवेदकको पक्षका वकिलहरुले विहीबार बहस गरेका हुन ।
No comments:
Post a Comment