६ पुस, काठमाडौं ।
चर्चित नायिका स्वरालाई आफले लगाएको ड्रेसले धोका दिएपछि दर्शकमाझ लज्जित बन्नुपरेको छ ।
तनु वेड्स मनु तथा राझणा जस्तो आफ्नो फिल्मबाट लाइमलाइटमा प्रवेश गरेकी स्वारालाई यो वर्ष राम्रै चलिरहेको छ ।
२०१६ मा रिलिज भएको उनको फिल्म “निल बटे सन्नाटा” को मूख्य भूमिका देखिएपछि अहिले उनको चर्चा चुलेको छ ।
“निल बटे सन्नाटा” एक यस्तो कामकाजी महिलाको घटनामा आधारित फिल्म हो ।
जो आफ्नो छोरीलाई सानोतिनो काम गर्न नदिने र छोरीले स्कुलमा पढेको हेर्न चाहन्छिन् । फिल्म दर्शकहरुले धेरै नै मन पराएका छन् । छोरी चेलीलाई शिक्षादिक्षा दिनुपर्ने आधारित उक्त फिल्मले अहिले घरायसी कामकाजीहरुलाई खुवै मन परेको फिल्म निर्माताको दावी रहेको छ ।
महिलालाई समेत शिक्षा दिनुपर्ने कुरामा जोडदिएको उक्त फिल्मले घरायसी कामकाजमा मात्र नभई बाहिरी समाजमा समेत कसरी अगाडी बढ्ने भन्ने कुरामा जोड दिएको बताईन्छ ।
कसैको पक्षपोषण नगरेर आफ्नै मेहनतबाट अभिनयमा क्षेत्रमा जमेकी स्वारा एक कार्यकार्यक्रममा भने लज्जित बनेकी छिन् । उनी एक स्टारडस्ट अवार्ड कार्यक्रम गोल्डन ड्रेसमा पुगेकी थिईन् । तर उक्त गोल्डेन ड्रेसले उनलाई दिक्कत बनायो ।
जसरी तस्विरमा देखिएको छ । त्यसैगरी उनी आफ्नो ड्रेस सम्हाल्नमै व्यस्त थिईन् । उसरी त स्वराको फैसन राम्रै देखियो तर उनलाई उक्त ड्रेसले धोका दियो ।
No comments:
Post a Comment