Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

सडक दुर्घटनामा चीनमा ५८ हजार जनाको मृत्यु

Image result for road accident china


बेइजिङ, पुस ७ गते । चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् ।
चीनको संसद्को वेभसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा एक लाख सात हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिका कारण चीनमा ठुला दुर्घटना गंम्भिर समस्याका रुपमा रहेका छन् ।
बसको लामो दुरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलमा तनाव दिने गरेको छ । आकस्मीकरुपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमितरुपमा धेरैको मृत्यु भइरहेको हुन्छ ।
सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उलंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी अत्याधिक भार भएका ट्रक, नाजुक अवस्थाका सडक र ग्रामिण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

adsoptimal

Blog Archive