Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

करोडपतीलाई कंगाल बनाइदिन्छ यी वस्तुले, बिर्सेर पनि नराख्नुहोस् पर्समा

purseधेरैजसो हामी आफ्नो पर्समा पैसाको साथै केही अन्य कुराहरु पनि राख्ने गर्छौं । तर धेरैपटक पर्समा राखिने यी वस्तुहरु अशुभ मानिन्छ र हाम्रो सौभाग्यलाई पनि दुर्भाग्यमा परिवर्तन गरेर हामीलाई कंगाल बनाइदिन्छ । आज हामी तपाईंलाई पर्समा कहिले पनि राख्न नहुने वस्तुबारे जानकारी दिँदै छौं ।
औषधीः
पर्समा कहिले पनि औषधी नराख्नुहोस् । वास्तुका अनुसार पर्समा औषधी राख्दा पैसा निकै खर्च हुन्छ । यसका साथै अनावश्यक रुपमा खर्च बढ्छ जसका कारण रोग, ऋण तथा अन्य समस्याको शिकार पनि हुने गर्दछन् ।
अश्लिल चित्र र सामग्रीः
कहिले पनि पर्समा कुनै पनि अश्लिल चित्र र सामग्री नराख्नुहोस् । यसले भाग्यमा नकारात्मक असर पुर्याउँछ जसले खल्तीको साथै घरको ढुकुटी पनि खाली हुन थाल्छ ।
पुरानो बिल र रसिदः
पर्स पैसा राख्नका लागि बनाइन्छ । त्यसकारण पैसाको सट्टा यसमा बिल, रसिद, एटीएमको पर्चा आदि राख्नु वास्तुका अनुसार अशुभ मानिन्छ ।
ब्लेड, चक्कु र धारिलो वस्तुः
पर्समा पैसाको साथै धारिलो वस्तु जस्तै ब्लेड, चक्कुजस्ता वस्तु राख्दा आर्थिक समस्या झेल्नुपर्ने हुन्छ । यसकारण बिर्सेर पनि यस्ता सामानहरु पर्समा नराख्नुहोस् ।
यस्ता तस्बिरहरु नराख्नुहोस्ः
तपाईंको पर्स अर्थसँग सम्बन्धित हुनुपर्छ । यसमा तपाईंको भावना नथुपार्नुहोस् । त्यसकारण पर्समा आफ्ना परिवार र सन्तानको फोटो नराख्नुहोस् । साथै यसमा मृतकको फोटो पनि नराख्नुहोस् । यदि फोटो राख्नु नै छ भने आफ्नो मोबाइलमा राख्नुहोस् ।
साँचो नराख्नुहोस्ः
यदि तपाईं घरको साँचो पर्समा राख्ने गर्नुहुन्छ ? यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् । फलामबाट बनेको कुरा, सिक्का पर्समा नराखेर सकारात्मक ऊर्जा आफ्नो पर्सलाई तान्न दिनुहोस् ।

adsoptimal

Blog Archive